काठमाडौँ । अन्तराष्ट्रिय आतिथ्य समूह आइएचजी होटल्स एण्ड रिसोर्टस् र लुम्बिनी हेरिटेज लिमिटेडबीच भारतको राजधानीमा नयाँ दिल्लीमा एक विशेष समारोहमा सहकार्य सम्झौता सम्पन्न भएको छ ।
सम्झौतामा लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्य र आइएचजी होटल्स एण्ड रिसोर्टस्का दक्षिण पश्चिम एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतासँगै आइएचजीले पहिलो पटक काठमाडौँ बाहिर सेवा विस्तार गर्दै लुम्बिनीमा आफ्नो प्रिमियम ब्रान्ड क्राउन प्लाजा सञ्चालन गर्नेछ । हाल लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी हेरिटेज होटललाई पुनःब्रान्डिङ गरी ‘क्राउन प्लाजा लुम्बिनी’ नाम दिइने छ।
यसअघि ‘पवन प्यालेस लुम्बिनी’का नाममा सञ्चालनमा रहेको यो होटललाई अधिग्रहणपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनःरूपान्तरण गरिएको हो। होटलमा कुल १४७ कोठा, जसमा ७ स्वीट रुमसहित, आधुनिक बहुउद्देश्यीय हल, रेष्टुराँ, फिटनेस सेन्टर, स्वीमिङ पूल र अन्य प्रिमियम सुविधा रहनेछन्। साथै, आगामी आठ महिनाभित्र क्यासिनो सेवा सुरु गर्ने योजना समेत कम्पनीले जनाएको छ।
लुम्बिनी हेरिटेज लिमिटेडको होटल भगवान गौतम बुद्धको जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट करिब ९ किलोमिटर दूरीमा अवस्थित छ। कम्पनीले सन् २०२६ भित्र सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने योजना पनि अघि सारेको छ।
लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्यले भने, “आइएचजीसँगको सहकार्यले लुम्बिनीको आतिथ्य सेवा नयाँ स्तरमा पुग्नेछ र यस क्षेत्रको पर्यटन सम्भावनामा थप ऊर्जा भर्नेछ ।”
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्