काठमाडौँ । जेन-जी आन्दोलनमा तोडफोड र आगजनी गर्नेविरुद्ध विशेष अदालत काठमाडौँले प्रहरीमा जाहेरी दिएको छ । अदालतले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको हो ।
जाहेरीमा अदालतले जेन-जी आन्दोलनका क्रममा अदालतमा तोडफोड र आगजनी गर्नेहरुको फोटो र भिडियोसमेत बुझाएको छ ।
विशेष अदालतले जाहेरी दिएको र सो विषयमा अध्ययन भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाहेरीमा तोडफोड र आगजनीबाट विशेष अदालतमा ६ करोड ८८ लाख २८ हजार रुपैयाँ क्षति भएको उल्लेख छ ।
आन्दोलनका क्रममा केही समूह विशेष अदालतमा प्रवेश गरेर तोडफोड र आगजनी गरेका थिए । हाल अदालतले दिएको जाहेरीका विषयमा प्रहरीले थप अध्ययन गरिरहेको छ ।













