काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ । एमाले निकट युवा संघले मेयर शाहविरुद्ध ब्युरोमा उजुरी दिएको हो ।
युवा संघका नेताहरुले बिहीबार साइबर ब्युरोमै पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।
उजुरीमा बालेन शाहले फेसबुकमा स्टाटस लेखेर राजीनितिक दलहरुको मानमर्दन गरेको उल्लेख गरिएको छ । हाल युवा संघले दिएको उजुरी दर्ताको प्रक्रियामा रहेको साइबर ब्युरोका एक अधिकारीले बताएका छन् ।
केही दिनअघि मेयर शाहले फेसबुकमा राजनीतिक दलको समेत नाम उल्लेख गर्दै आपत्तिजनक शब्दसहितको स्टाटस पोष्ट गरेका थिए । सो स्टाटस केहीबेरमै डिलिट गरिएको थियो ।













