Skip to content
LAXMI SUNRISE BANK

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय निकायबाटै ‘प्यान नम्बर’ लिन सकिने ! 

अर्थ सरोकार

काठमाडौँ । अब स्थानीय निकायबाटै स्थायी लेखा नम्बर (प्यान नम्बर) लिन मिल्ने भएको छ । सरकारले आन्तरिक राजश्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालय खारेज गरेसँगै अब प्यान नम्बर लिन स्थानीय निकायमा जानुपर्ने भएको हो ।

योसँगै अब सेवाग्राहीले प्यान नम्बर लिन आफू बस्ने नगरपालिका वा गाउँपालिका कार्यालयमा जानुपर्ने भएको छ । 

स्थानीय तहले प्यान नम्बर वितरण सेवा सुरु नगरेको अवस्थामा भने जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्यान नम्बर लिन सकिनेछ । तर, करदाता सेवा कार्यालय खारेज भए पनि अर्को व्यवस्था नहुन्जेलसम्म करदाता सेवा कार्यालयबाटै सेवा सञ्चालन गरिने आन्तरिक राजस्व विभागले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK