×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट क्वाटर रिपोर्टः ३ महिनामा मुक्तिनाथ विकास बैंकले कमायो २२ करोड नाफा, कति छ ईपीएस ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फर्स्ट क्वाटर रिपोर्टः ३ महिनामा मुक्तिनाथ विकास बैंकले कमायो २२ करोड नाफा, कति छ ईपीएस ?

Artha Sarokar

२१ कार्तिक २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यो गत आर्थिक वर्षको तुलनामा २०.२४ प्रतिशत कम हो । गत आर्थिक वर्षमा बैंकले कुल २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढे पनि इम्पेयरमेन्ट चार्ज बढेपछि खुद नाफा घटेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १९.८९ प्रतिशतले घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी ५.७२ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २०.३ठ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस २ रुपैयाँ २४ पैसा घटेर १२ रुपैयाँ ७६ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ २ पैसा छ भने मूल्य आम्दानी अनुपात ३४.१३ गुणा छ । ७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९३ करोड रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी