×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको नाफा र ईपीएस दुवै बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ग्लोबल आइएमई बैंकको नाफा र ईपीएस दुवै बढ्यो

Artha Sarokar

२१ कार्तिक २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास (तीन महिना)मा १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यो गत आर्थिक वर्षको तुलनामा २२.९२ प्रतिशत बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३४ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी २.६२ प्रतिशत बढेको छ । 

त्यस्तै, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.४४ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ । बैंकको वितरणयोग्य मुनाफा बढेर ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७७ पैसा बढेर १९ रुपैयाँ ५१ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ५० पैसा छ भने मूल्य आम्दानी अनुपात १२.१० गुणा छ । ३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३० अर्ब ३० करोड रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी