काठमाडौँ । जिल्ला प्रशासन कार्यालय (सिडिओ कार्यालय)मा जेन-जी सहिदको नाम राख्नुपर्ने भएको छ । सबै सिडिओ कार्यालयलाई पत्राचार गर्दै गृह मन्त्रालयले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा मारिएका जेन-जी सहिदको नाम कार्यालयमा राख्न भनेको हो ।
जेन-जी आन्दोलनमा मृत्यु भएकामध्ये सहिदको सूचीमा परेका ४६ जनाको नाम सिडिओ कार्यालयमा राख्न निर्देशन दिइएको छ ।
गृह मन्त्रालयले ४५ जनाको नाम जेन-जी सुशासन योद्धा भन्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ)को कार्यकक्षमा राख्न भनिएको छ । गृह मन्त्रालयको पत्र अनुसार जेन-जी सहिदको नाम तीन दिनभित्र कार्यालयमा राखिसक्नुपर्नेछ ।
आइतबार गृहस्तरीय बैठकले देशभरका सबै सिडिओ कार्यालयमा जेन-जी सहिदको नाम राख्ने निर्णय गरेको हो ।








प्रतिक्रिया दिनुहोस्