Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंक प्रकरणमा बोल्यो राष्ट्र बैंक, यसो भन्यो…

अर्थ सरोकार

काठमाडौँ । ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारका विषयमा नेपाल राष्ट्र बैंकले धारणा व्यक्त गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति राष्ट्र बैंकको गम्भीर ध्यानाकर्ष भएको जनाएको छ ।

मंसिर २४ गते ज्योति विकास बैंकको सप्तरीस्थित रुपनी शाखाबाट ऋण असुलीका लागि भन्दै गएका कर्मचारीमाथि दुर्व्यवहार भएको थियो ।

२०७८ बैशाख २३ गते बैंकबाट ४ करोड ५० लाख रुपैयाँ ऋण लिएको सप्तकोशी इन्टीग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालक ऋणी, ऋणीका परिवार र आफन्तले बैंकका कर्मचारीलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर कुटपिट गरेका थिए । सो घटना बाहिरिएपछि विभिन्न बैंकर्स संघहरुले सो घटनाको भत्सर्ना गरेका छन् ।

यहीबीच नेपाल राष्ट्र बैंकले पनि विज्ञप्ति जारी गर्दै बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहार सह्य नहुने र त्यस्तो गतिविधि गर्नेलाई कानून अनुसार कारबाही हुने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई पनि उच्च मनोबलका साथ कार्य गर्न अनुरोध गरेको छ । यस्तो छ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK