काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित भएका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसको डिन हुँदा अकुत सम्पत्ति सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले दायर गरेका भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
उनी एमालेको एघारौँ महाधिवेशनमा आयोगको अध्यक्षमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
पहारीलाई विशेष अदालतले २०७५ सालमा भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । त्यसबेला अदालतले उनलाई १० महिना कैद र ९८ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । त्यस्तै, पहारी अध्यक्ष रहेको उक्त आयोगको उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्वाचित भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्