काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ६.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले घोषणा गरेको ६.३१५८ प्रतिशत लाभांश अन्तर्गत ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश हो ।
गत आर्थिक वर्षको मुनाफाबाट कुल १८ करोड ४६ लाख रुपैयाँ लाभांश वितरण गरिने कम्पनीले जनाएको छ । उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ हाराहारीमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्