Skip to content
LAXMI SUNRISE BANK

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद र बोनस कति ?

अर्थ सरोकार

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश दिने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश दिने भएको हो ।

पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस सेयर र ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीलाई वितरण गरिनेछ ।

हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ सय ९५ रुपैयाँमा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK