काठमाडौँ । भौतिक संरचना पुनर्निर्माण कोषमा १२ करोड बढी रकम जम्मा भएको छ । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलका क्रममा क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माण कोषमा अहिलेसम्म १२ करोड ७ लाख रुपैयाँ जम्मा भएको हो ।
कोषमा बिहीबारसम्म सो बराबर रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोषमा सहयोग गर्नेहरुमा संस्था कम र व्यक्ति धेरै छन् । जेन-जी आन्दोलनका क्रममा देशभरका सार्वजनिक सम्पत्ति, निजी व्यवसाय तथा संस्थान र व्यावसायिक घरानामा गरी कुल ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति भएको सरकारी अध्ययनले दखाएको छ ।
त्यस्तै, सरकारी अध्ययन अनुसार आन्दोलनका क्रममा १२ हजार ६ सय ५९ सवारीसाधन क्षतिग्रस्त हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबर नोक्सानी भएको छ । जेन-जी आन्दोलनका क्रममा भएको कुल सरकारी क्षतिमध्ये संघीय सरकारको क्षति ६८ प्रतिशत, प्रदेश सरकारको १० प्रतिशत र स्थानीय तहको २२ प्रतिशत क्षति भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्