काठमाडौँ । इटालीले अमेरिकी प्रविधि कम्पनी एप्पललाई १६ अर्ब बढी जरिवाना तिराउने भएको छ । युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पलाई ९८ मिलियन युरो (करिब १६ अर्ब ५६ करोड रुपैयाँ) जरिवाना तिराउने आदेश दिएको हो ।
स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको दुरुपयोग गरेको ठहर गर्दै एजीसीएमले सो रकम बराबरको जरिवाना गर्ने आदेश दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार एप्पलले आफ्नो एम स्टोरमार्फत थर्ड पार्टी एप डेभलपर्समाथि पूर्ण नियन्त्रण कायम राख्दै त्यसको गलत फाइदा उठाएको प्राधिकरणले ठहर गरेको छ । सोही कारण एप्पललाई १६ अर्ब ५६ करोड रुपैयाँ जरिवाना गराउन प्राधिकरणले आदेश दिएको छ ।
सन् २०२३ को मेदेखि अनुसन्धान सुरु गरेको प्राधिकरणले सन् २०२१ को अप्रिलदेखि एप्पलले थर्ड पार्टी एप निर्मातामाथि अत्यन्त कडा गोपनीयता नीति लागू गरेर अनुचित रुपमा दबाब दिएको निष्कर्ष निकालेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्