Skip to content
LAXMI SUNRISE BANK

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले बढेर दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २७० रुपैयाँले बढेर प्रतितोला ४८३५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ३१ हजार ९  सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१४५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK