Skip to content
LAXMI SUNRISE BANK

युएई पठाउने भन्दै ५ लाख ठग्ने एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । युएई पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि युएई पठाउने भन्दै ५ लाख रुपैयाँ ठगी गर्ने ३९ वर्षीय सुनिल थापा पक्राउ परेका हुन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं.  ९ बाट पक्राउ गरेको हो । पीडितले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले बेरोजगार युवा युवतीलाई रोजगारीको प्रलोभनमा पारेर रकम ठगी गरेका थिए ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK