Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्रीले पनि भने- ‘कीर्तिपुरको डाँडामा बसेर ३ लाख कमाउन सकिन्छ’

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले पनि कीर्तिपुरको डाँडामा बसेर तीन लाख रुपैयाँ कमाउन सकिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । उनले काँग्रेस महामन्त्री गगन थापाको भनाई वास्तविक र यथार्थपरक रहेको भन्दै आईटीमार्फत उक्त कुरा सम्भव रहेको बताएका छन् । 

हाल सरकारले सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई सहज वातावरण बनाउन सरकारले आवश्यक व्यवस्था र ऐनमा संशोधन गरिरहेको पनि अर्थमन्त्री खनालले बताएका छन् । उनले आईटी कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार डलरसम्म विदेशी मुद्रा सटही निःशर्त दिने व्यवस्था गरिएको बताएका छन् । 

आईटी क्षेत्रमा आफ्नो ज्ञान, सीप प्रयोग गरेर विदेशी पुँजी भित्र्याउन सहयोग गर्ने व्यवसायीको सहजताका लागि यो व्यवस्था गरिएको अर्थमन्त्रीको भनाई छ । उनले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमै फर्केर पनि सोही प्रकृतिको काम र पारिश्रमिकमा काम गर्नसक्ने वातावरण तयार गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्दै सरकार गृहकार्य गरिरहेका पनि बताएका छन् ।

उनले नेपालबाटै रिमोर्ट वर्क गरेर विदेशी मुद्रा आर्जन गर्ने वातावरण निर्माण गर्नुपर्ने युवाहरुको मागलाई राज्यले गम्भीर रूपमा नबुझेको पनि बताएका छन् । उहाँले मुलुकको आर्थिक विकास र लगानीको वातावरण सिर्जना गर्न विद्यमान कानुनलाई अध्यादेशमार्फत संशोधन गर्नु उपयुक्त नठानेको स्पष्ट पार्दै उनले सामान्य नीति तथा नियममा आवश्यक संशोधन गर्ने कार्य भइरहेको पनि उल्लेख गर्नुभयो । उहाँका अनुसार हालसम्म आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन गरिएका छन् । उहाँले कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउने काँग्रेस महामन्त्री गगन थापाको भनाइ वास्तविक र यथार्थपरक रहेको बताउनु भयो । 

‘…अचानक कसैको बुद्धि पलाएर विभिन्न तहमा छलफल भइसकेपछि हिम्मत गरेर कीर्तिपुरको डाँडामा ल्यापटप लिएर महिनाको तीन लाख कमाउने भन्ने जुन गगन थापाज्युले भाषण गर्नुभयो त्यो वास्तविक कथा हो । तर कसैकसैलाई लाग्दैन ।’, उनले भने, ‘काठमाडौँमा जति पनि चियाका आउटलेट खुलेका छन्, त्यहाँ त्यस्तै ठिटाहरु बसेका हुन्छन् । हो तीनिहरुले केही न केही रिमोर्ट वर्करको काम चाहिँ गरिरहेका छन् ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK