काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले आईपीओ बिक्री खुला गरेको छ । बैंकले पुस १६ गते बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रूपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रूपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
साथै, बैंकले ८६ लाख १९४ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता सेयर बैंकका कर्मचारीहरूलाई सुरक्षित राखी बाँकी रहेको १४ करोड ३९ लाख १७ हजार ९०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
उक्त आइपिओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्ता देखि अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्