Skip to content
LAXMI SUNRISE BANK

झुठो बयान दिएका एमाले नेता राजकुमार गुप्ता जेल चलान, अदालतले भेट्यो घुस ‘डिल’ प्रकरणमा संलग्नताको प्रमाण !

अर्थ सरोकार

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता राजकुमार गुप्ता जेल चलान भएका छन् । पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पक्राउ परेका गुप्तालाई विशेष अदालतका सदस्यहरु सुदर्शनदेव भट्ट, डिल्लीराज श्रेष्ठ र विदुर कोइरालाको इजलासले थुनामा पठाउन आदेश दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बुटवलचौरस्थित लिचीबार जग्गा प्रकरणमा ७८ लाख रुपैयाँ घुस ‘डिल’ गरेको ठहर गर्दै पूर्व सामान्य प्रशासनमन्त्री र तत्कालीन भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठलाई प्रमुख प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

उक्त मुद्दामा अख्तियारले अन्य पाँच बिचौलियाविरुद्ध पनि भ्रष्टाचार गरेको भन्दै असोज २२ गते मुद्दा चलाएको थियो । उक्त मुद्दामा अख्तियारले गुप्ताविरुद्ध ७८ लाख बिगो र ६ वर्षदेखि ८ वर्षसम्मको कैद सजाय मागदाबी गरेको छ । पदाधिकारीका रुपमा थप तीन वर्ष कैद सजाय पनि अख्तियारले दाबी गरेको छ ।

यसो त पूर्वमन्त्री गुप्ताले उक्त मुद्दाको सुनुवाइका क्रममा पूर्वमन्त्री श्रेष्ठबाहेक मुद्दामा मुछिएका अरुलाई चिन्दिन भन्दै झुठो बयान दिएको थिए । तर, मुद्दाको फाइलमै अन्यसँग पटकपटक फोन संवाद गरेको प्रमाण फेला परेको छ । 

यसबाहेक पनि लिचीबारी प्रकरणमा संलग्न रहेको भन्ने थुप्रै आधार फेला परेपछि विशेष अदालतले पूर्वमन्त्री गुप्तालाई तत्कालका लागि थुनामा पठाउने आदेश गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK