Skip to content
LAXMI SUNRISE BANK

नक्कली नोटको बिगबिगीः काठमाडौँबाट ७६ हजार नक्कली नोटसहित ६ जना पक्राउ, कसरी चिन्ने सक्कली र नक्कली ?

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँबाट नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । प्रहरीले गोकर्णेश्वर नगरपालिका-८, अत्तरखेल चोकबाट ६ जनालाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका-२ का ३२ वर्षीय दावा नोर्वु शेर्मासहित ६ जना छन् । 

उनीहरुलाई नक्कली नोटको कारोबार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट एक हजार दरका ७६ थान नक्कली नोटसमेत बरामद गरिएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो । हाल पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कसरी चिन्ने सक्कली र नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरी चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो । सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ ।

नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK