काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले विपन्न परिवारलाई फाईबर सिरक वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लहान मार्फत लहान नगरपालिका वडा नं. ५ बस्ने गरिब, दलित तथा अत्ति बिपन्न वर्गहरुलाई जाडोयाममा फाईबर सिरक वितरण गरेको हो ।
बैंकको मधेश प्रदेश प्रमुख श्याम चवाईंले लहान नगरपालिका वडा नं. ५ का स्थानीय बासिन्दाहरुलाई फाईबर सिरक वितरण गरेका हुन् । चवाईंले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको सो कार्यक्रम स्थानीयलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यसरी जाडोयाममा फाइबर सिरक वितरण भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिए । उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका वडा नं. ०५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्