Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंक लुट प्रकरणमा नयाँ ट्वीष्ट, बैंक रहेको घरका घरभेटी पक्राउ ! लुट्नेहरुको बयान- ‘योजना उहाँकै थियो’

अर्थ सरोकार

काठमाडौँ । नेपाल एसबिआई बैंक लुट प्रकरणमा घरधनी नै घटनाका ‘मास्टर माइन्ड’ रहेको खुलेको छ । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित एसबिआई बैंक लुट प्रकरणमा बैंक भएको घरका धनी नै घटनाका ‘मास्टर माइन्ड’ भएको खुलेको हो ।

बैंक लुटपाट प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा बैंक भएको घरका घरधनी नै घटनाका नाइके भएको खुलेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेकाहरुले नै बैंक रहेको घरका घरधनीले बैंक लुट्ने योजना बनाएको र आफुहरुले सोही योजना अनुसार बैंक लुटेको बयान दिएका छन् । पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले उक्त घरका घरधनी छविलाल स्याङताङलाई महोत्तरीबाट पक्राउ गरेको छ । 

उनी लाइसेन्सको ट्रायल दिन जाने भन्दै बिहानै घरबाट निस्किएका थिए । उनी यसअघि पनि विभिन्न घटनामा संलग्न रहेको स्थानीयहरुले बताएका छन् । 

उक्त प्रकरणमा घरधनी स्याङताङसँगै उनका जेठान चतुरमान बजिउको समेत संलग्नताको आशंका गरिएको छ । प्रहरीको अनुसन्धान उनीतर्फ पनि सोझिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन् । ती प्रहरीका अनुसार लुटपाटमा संलग्नहरुले घरधनी स्याङताङ र उनका जेठानको नाम लिएका छन् ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK