काठमाडौँ । पटकपटक सिए सदस्यता परीक्षामा फेल भएका १२०० परीक्षार्थीलाई पास हुन सहज हुनेगरी आइक्यानले सिए सदस्यता परीक्षामा मल्टीपल च्वाइस प्रश्न सोध्ने योजना बनाएको र सोहि अनुआर टास्क फोर्सले योजना पास गरी परीक्षा समितिलाई पठाएको खुलासा भएको छ । आइक्यानमा आज बसेको टास्क फोर्सको बैठकले पूर्ववत योजना अनुसार नै परीक्षा समितिलाई सिए सदस्यता परीक्षामा मल्टीपल च्वाइस प्रश्न सोध्न सिफारिस गरेको हो ।
समितिका एक सदस्यले मल्टिपल च्वाइस प्रश्न सोध्नेगरी टास्क फोर्सले सिफारिस गरेको पुष्टी गरे । ‘सिए सदस्यता परीक्षामा मल्टीपल च्वाइस प्रश्न सोध्नेगरी सिफारिस गर्न योजना नै बनाएर एउटा उप समिति बनाइएको थियो । पूर्ववत योजना अनुसार नै हामीले त्यसै गर्न सिफारिस गरेका छौँ ।’ उनले भने । उनका अनुसार आजमात्रै विहान ९ बजे बसेको टास्क फोर्स समितिको बैठकले आफ्नो सिफारिस परीक्षा समितिलाई सिफारिस गरेको छ ।
हेम काफ्ले, झलकमणि लम्साल, रमेश धिताल गरी सो टास्क फोर्स समितिमा ३ जना छन् । जसमध्ये दुई सिए हुन् भने एक आरए हुन् ।
Special Task force on REVIEW AND IMPROVEMENT OF CA MEMBERSHIP EXAMINATION MODALITY नाम दिएर बनेको सो टास्क फोर्सले गरेको सिफारिस अनुसार नै अव आइक्यानको परीक्षा समितिले सो सिफारिस अनुसार कार्यविधि बनाउनेछ । र अवको सिए सदस्यता परीक्षाबाट नै लागु हुनेगरी मल्टिपल च्वाइस प्रश्न राख्ने तयारी गरिएको आइक्यानका अधिकारीहरु बताउँछन् ।
टास्कफोर्स समितिका एक सदस्यले दिएको जानकारी अनुसार आइक्यानले योजना १२०० परीक्षार्थीलाई एकैपटक सदस्यता दिने नियतका साथ ल्याएको हो । ‘पटक पटक आइक्यानको सिए सदस्यता परीक्षा फेल भएकाको संख्या १२०० रहेछ । एक पटक मल्टिपल च्वाइस गरौँ, सकेको निस्किन्छन्, त्यसपछि विरोध भईहाल्छ, अनि फेरी रोकौंला भनेर नै यो काम भएको छ ।’ ती सदस्यले भने, ‘झट्ट हेर्दा अन्तराष्ट्रिय अभ्यास अपनाउन खोजेको जस्तो देखिए पनि नियत गलत देखियो ।’
आइक्यानका अध्यक्ष निल बहादुर सारुमगरले भने अन्य परीक्षाको हकमा पनि मल्टीपल च्वाइस प्रश्न राखिने हुनाले आइक्यानले सोहि अनुसारको योजना बनाएको दाबी गरे । ‘इन्जिनियरिङ, मेडिकल लगायतका परीक्षामा पनि सदस्यता परीक्षामा मल्टिपल च्वाइस नै प्रश्न हुने रहेछ । अहिलेको परीक्षा अलि गाह्रो भयो भन्ने गुनासो सबैतिर आएको छ । एक परीक्षार्थी १९ पटकसम्म फेल भएका छन् । त्यसैले परीक्षा विधि परिवर्तन गर्न लागिएको हो ।’ अध्यक्ष सारुले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्