Skip to content
LAXMI SUNRISE BANK

होटल फरेष्ट इनको आइपिओ खुल्यो, कसले दिन पाउँछन आवेदन ?

अर्थ सरोकार

काठमाडौँ । होटल फरेष्ट इन लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका प्राथमिक शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता सेयरसम्मका लागि आवेदन दिन सक्नेछन् । यस आइपिओको आवेदन प्रक्रिया छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहनेछ ।

आवेदकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको भूमिकामा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर वितरण गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK