काठमाडौँ । एमालेले पार्टीमै नभएका व्यक्तिलाई उम्मेदवार बनाएको पाइएको छ । एमालेको सचिवालय बैठकले सप्तरी-२ बाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका जनमत पार्टीका सांसद सतिश सिंहलाई उम्मेदवार बनाएको पाइएको हो ।
एमालेले फागुन-२१ गतेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सप्तरी-२ बाट सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
तर, सिंहले भने आफू स्वाभिमान पार्टीबाट चुनाव लड्ने बताएका छन् । उनले आफू एमाले प्रवेश नगरेको स्पष्ट पार्दै आउँदो चुनावमा स्वाभिमान पार्टीबाट चुनाव लड्ने प्रष्ट पारेका छन् । उनले माघ ६ गते स्वाभिमान पार्टीबाट उम्मेदवारको मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
यता एमालेले भने सिंहसँग वार्ता भएर उम्मेदवार बनाएको दाबी गरेको छ । एमालेका एक नेताका अनुसार सिंहलाई उम्मेदवार बनाएर पार्टी प्रवेश गराउने तयारी गरिएको थियो । सिंहले भने एमाले प्रवेशका विषयमा नभएर समर्थन गर्ने विषयमा छलफल भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्