Skip to content
LAXMI SUNRISE BANK

बालेनको क्रेजः इलाममा बाआमा खुसी, बच्चा झन् खुसी ! (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । बालेन्द्र शाह (बालेन) इलाम पुगेका छन् । झापा-५ का उम्मेदवारसमेत रहेका बालेन बिहीबार चुनावी प्रचारका लागि इलाम पुगेका हुन् ।

उनी इलाम-१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम-२ का उम्मेदवार गोकुल बहादुर राईको चुनावी प्रचारमा सहभागी हुन बालेन इलाम पुगेका छन् । बालेन बिहानैदेखि चुनावी प्रचारमा हिँडेका छन् ।

बिहानैदेखि चुनावी प्रचारमा हिँडेका बालेनले इलामका मतदाताहरुसँग भेटघाट गरिरहेका छन् । बालेन इलाम पुग्दा इलामका बा-आमाहरुमा खुसियाली देखिएको छ । वृद्ध बा-आमाहरुले पनि बालेनलाई भेटेर निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धता गरिरहेका छन् । 

अर्कोतर्फ इलाममा वृद्धपुस्ता मात्र नभएर बालबालिकामा पनि बालेनको राम्रै क्रेज देखिएको छ । स्कुल हिँडिरहेका बालबालिकाहरुले पनि बालेनसँग फोटो खिचाउँदै खुसी साटिरहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK