Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डले चुनावमा २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने !

अर्थ सरोकार

काठमाडौँ । पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावमा २७ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रचण्डले अधिकतम २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका हुन् । 

प्रचण्डले चुनावमा गर्न पाउने खर्चको उक्त सीमा निर्वाचन आयोगले तोकेको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रुकुम पूर्वमा उम्मेदवारी दिएका छन् । उनले निर्वाचन आयोगले तोकिदिएको खर्चको सीमा (अधिकतम २७ लाख) भित्र रहेर खर्च गर्नुपर्नेछ । 

सीमाभित्र रहेर गरिएको खर्चको विवरण निर्वाचनपछि निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK