Skip to content
LAXMI SUNRISE BANK

‘कांग्रेसमा अब कुनै गुट छैन’ -शुक्रराज शर्मा

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा कुनै गुट नभएको र पार्टीको जिम्मेवारी युवाको काँधमा गएको बताएका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को पोखरा–८ सिमलचौरस्थित चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयको आइतबार उद्घाटन गर्दै उनले नेपाली कांग्रेसमा अब कुनै गुट नभएकाले सबै मिलेर आफ्ना उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस सुशासन, समृद्धि, महङ्गी नियन्त्रण गर्ने अभियानमा सधैँ लागिरहेको उल्लेख गर्दै उनले युवाका मागलाई सम्बोधन गर्दै कांग्रेस अगाडि बढ्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस खुला किताब हो, यहाँ जुनसुकै मानिस पनि स्वतन्त्र रुपमा आफ्ना हरेक गतिविधि गर्नसक्ने वातावरण कांग्रेसमा मात्र छ ।’

कांग्रेसकोतर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनेका माधवप्रसाद बाँस्तोलाले नेपाली कांग्रेसले जेनजीका मागलाई समेटेर अगाडि बढ्ने बताउँदै कांग्रेस पार्टी सभापति पनि युवालाई नै सुम्पिएको बताए । कांग्रेस कास्की क्षेत्र नं २ का सभापति केशर निर्दोषीले बदलिएको कांग्रेसलाई नेपाली जनताले विश्वास गर्ने दाबी गरे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK