Skip to content
LAXMI SUNRISE BANK

उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्थ सरोकार

काठमाडौँ । उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको आरोपमा पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

पौडेलसहित अख्तियारले अन्य ८ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

भ्रष्टाचार मुद्दा दायर हुनेहरुमा उद्योगका निमित्त महाप्रबन्धक नवल किशोर साह, नायब महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखाप्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, हरि अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर जिसी छन् ।

उनीहरुले १२ करोड रुपैयाँदेखि ४६ करोड रुपैयाँसम्म अनियमितता गरेको अख्तियारले दाबी गरेको छ । तत्कालीन महाप्रबन्धक पौडेल र नायब महाप्रबन्धक काफ्लेमाथि १२ करोड ६३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ भने अन्यमाथि ४६ करोड ५२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK