Skip to content
LAXMI SUNRISE BANK

सोमबार ४१ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन (आज) सोमबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४१ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४१ सय रुपैयाँले बढेर तीन लाख ४६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २४० रुपैयाँले बढेर प्रतितोला ५२ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६१ हजार १ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४५०१ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK