काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा बढेको देखिएको हो ।
समिक्षा अवधिमा कम्पनीले २२ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२५ प्रतिशतले धेरैले हो । बुटवल पावर कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १९ करोड ३८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीको विद्युत बिक्री आम्दानी पनि १०.७६ प्रतिशत बढेर ४६ करोड ४० लाख रुपैयाँ पुगेको छ । विद्युत बिक्री आम्दानी बढ्दा कम्पनीको नाफा बढेको हो ।
कम्पनीको कुल नाफा १८.६५ प्रतिशत बढेर २५ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा यस्तो नाफा २१ करोड ७५ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा पनि २०. २२ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने ३८ लाख ८ हजार रुपैयाँबाट बढेर १ करोड १७ लाख २१ हजार रुपैयाँ पुगेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८५ पैसा बढेर १३ रुपैयाँ २२ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५९. ४५ गुणा रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्