Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घट्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ हजार ७ सय रुपैयाँले घटेर तीन लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६५ रुपैयाँले घटेर प्रतितोला ५४१० रुपैयाँमा कारोबार भईरहेको नेपाल छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६८ हजार ५ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४६३८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK