काठमाडौँ । स्वास्थ्यवर्दक, दैनिक उपभोग्य वस्तुहरुमा कर बढाउँदा निश्चय नै उपभोक्ता मारमा पर्छन् । तर हाम्रो जनमानसमा कतिपय यस्ता वस्तुहरु छन् जो धेरैले प्रयोग गरेपनि हानिकारक देखिन्छन् । त्यस्ता वस्तुहरुमा बढाइने करले एकातिर राज्यलाई कर आम्दानी बढ्छ भने अर्कोतिर कर बढाएकै कारण महँगो भएर ती वस्तुहरुको उपभोग घटेमा लत बसेकाहरुको स्वास्थ्यलाई नै फाइदा पुग्छ । त्यसकारण त्यस्ता वस्तुहरुमा कर बढाउँदा हरेक हिसाबले राज्यलाई, प्रयोगकर्तालाई र समाजलाई नै बहुआयामिक फाइदा मिल्छ । त्यस्तै वस्तुहरुमा पर्छ जनस्वास्थ्यलाई प्रतिकुल असर गर्ने सुर्तिजन्य पदार्थ र मदिरा । सुर्ति, चुरोट, गुड्खा, मदिया जस्ता हानिकारक चीजहरुमा कर बढाएर महंगो बनाइदा त्यसको उपभोग घट्ने विश्वव्यापी अध्ययनहरुले देखाउँदै छन् । नेपालमा पनि पुरानो तथा अनुसन्धानका लागि प्रतिष्ठित नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडिआरआई) ले यसबारे धेरै अध्ययन, अनुसन्धान र बहस गर्दै आएको छ ।
एनडिआरआईको अनुसार नेपालमा सुर्तिजन्य पदार्थमा लाग्ने करको दर हाल ४१ प्रतिशतमा सिमित छ । त्यो दक्षिण एसियामै सबैभन्दा कम दर हो । जबकि दक्षिण एसियाकै मुलुक बंगलादेशमा सुर्तिजन्य पदार्थमा ७३ प्रतिशत कर छ । बंगलादेशले विश्व स्वास्थ्य संगठन (डल्लुएचओ) ले निर्धारण गरेको मापदण्ड ७५ प्रतिशत हाराहारी सुर्तिजन्य पदार्थमा कर लगाएर एउटा उदाहरण प्रस्तुत गरेको छ । त्यसैगरी श्रीलंकामा ६८ प्रतिशत, माल्दिब्समा ६५ प्रतिशत, भारतमा ५८ प्रतिशत कर सुर्तिजन्य पदार्थमा लगाइएको छ । बेलायत र फिनल्याण्ड जस्ता विकसित देशहरुले त सुर्तिजन्य पदार्थमा खुद्रा मुल्यको ९० प्रतिशतसम्म कर लगाएका छन् । त्यसकारण नसर्ने रोगमा मृत्युदर बढीरहेको र उपचार लागत झन् अचाक्ली बढिरहेको नेपाल जस्तो कम विकसित देशमा यस्ता वस्तुहरुमा अधिकतम कर बढाउनु हरेक हिसावले बुद्धिमानी देखिन्छ ।
नेपालमा हाल सुर्तिजन्य पर्दाथमा लगाइएको ४१ प्रतिशत करमा ६० प्रतिशत बृद्धि गरिने हो भने १२ अर्ब थप राजस्व बृद्धि हुने अध्ययनले देखाएको छ । सो दरमा कर बृद्धिले सुर्तिजन्य पर्दाथको ५ देखि ११ प्रतिशतसम्म प्रयोग घट्ने एनडिआरआईको अध्ययनले देखाएको छ । हानिकारक वस्तुको रुपमा रहेको सुर्तिजन्य पर्दाथमा कर बढाउँदा एकातिर सरकारको राजस्व आम्दानी बढ्ने र अर्कोतिर त्यस्ता वस्तुहरुको प्रयोग घटेर जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने कारण पनि कम्तिमा अहिलेको करको दरमा ६० प्रतिशत कर बढाउनु पर्ने एनडिआरआईको सिफारिस छ ।
एनडिआरआईका अनुसार सुर्तिजन्य पदार्थकै सेवनका कारण हरेक बर्ष नेपालमा ३९ हजार २ सय जनाले मृत्युवरण गर्ने गरेका छन् । अर्थात प्रतिदिनन १०७ र प्रतिघण्टा ४ जना नेपालीलले सुर्तिजन्य पदार्थकै कारण मृत्युवरण गर्छन् ।
विश्वमा हाल १ अर्ब ३० करोड बढी मानिस सुर्तिजन्य पर्दाथको लतमा छन् । त्यसमध्ये ८० प्रतिशत भन्दा बढी मानिस कम र मध्यम आय भएका देशहरुमा बस्ने अध्ययनहरुले देखाएका छन् । नेपालमै पनि ६७ लाख मानिस सुर्तिजन्य पर्दाथको सेवनकर्ता छन् । पछिल्ला बर्षहरुमा नेपालमा मृत्यु र रोगहरुको लागि सुर्तिजन्य पर्दाथ एक प्रमुख कारण बन्दै आएको छ । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट हुने मृत्यु सन् १०९० मा १० प्रतिशतबाट बढेर सन् २०२३ सम्म आइपुग्दा २४ प्रतिशतको बृद्धि भएको छ । जसले जनस्वास्थ्यमा चिन्ता, चासो र सरोकार बढाउनु पर्ने आवश्यकता दर्शाएको छ ।
सुर्तिजन्य पदार्थको सेवनबाट लाग्ने क्यान्सर, मुटु तथा फोक्सो सम्बन्धी रोग लगायतको कारणबाट ग्रसित व्यक्तिको उपचारमा अधिक खर्च हुने अध्ययनले देखाएको छ । अझ क्यान्सर लागे त निको हुन्छ नै भन्ने ग्यारेन्टी हुदैन ।
नेपालमा धुम्रपानका कारण प्रति वर्ष झण्डै ४८ अर्ब क्षती हुने गरेको अध्ययनले देखाएको छ । यसरी सुर्तिजन्य पदार्थको सेवनबाट बार्षिक अरबौको आर्थिक क्षती त प्रत्यक्ष रुपमा छदैँछ । यसले अप्रत्यक्ष रुपमा मुलुकलाई खर्बौंको क्षती गराएको छ । सुर्तिजन्य पदार्थको सेवनको लत सामान्यतया १५–१९ बर्षको उमेर अवस्थामा लाग्ने र त्यसरी लत लागेकाहलाई लतबाट छुटाउनै मुस्किल पर्ने पनि अध्ययनले देखाएको छ । त्यस हिसावले एकचोटी कुनै व्यक्ति सुर्तिजन्य पर्दाथको सेवक भइसकेपछि उ यस्ता पर्दाथको जिवनभर नियमित ग्राहक जस्तै हुने देखिन्छ । त्यसले निरन्तर अर्थतन्त्रमा कति गहिरो असर पार्छ, अनुमान लगाउन सहजै सकिन्छ ।
अर्को व्यक्तिको स्वास्थ्य स्थीतिमा सुर्तिजन्य पर्दाथले अत्याधिक हानि–नोक्सानी गरिरहेको हुन्छ । व्यक्तिको काम गने क्षमता घटाउनुका साथै उत्पादकत्व घटाइरहेको हुन्छ । देशको अर्थतन्त्रलाई नै अप्रत्यक्ष क्षती पुगिरहेको हुन्छ । त्यसकारण पनि सुर्तिजन्य पर्दाथमा सरकारले कर बढाउनु अत्यन्तै जरुरी छ । संसारको उदाहरणहरु हेर्दा पनि त्यस्ता चीजहरुको सेवन घटाउने एउटा मुख्य उपाय कर बढाइदिने हो ।
अहिले बजेट बन्ने प्रक्रिया चलिरहेको छ । विद्धवान अर्थमन्त्री स्वर्णिम वाग्लेले सरोकारवालाहरुसँग सुझाव पनि मागेका छन् । यस बखत अर्थमन्त्री तथा अर्थमन्त्रालयले सुर्तिजन्य पर्दाथले देशलाई पुर्याइरहेको क्षती र जनस्वास्थ्यलाई मध्यनजर गर्दै करको दरमा परिमार्जन गर्न जरुरी छ । सुर्तिजन्य पर्दाथमा कर बढाउँदा एकातिर दुखी गरिवको पहँचबाट यस्ता हानीकारक चीज टाढा पुग्छन् । साथै, यसले राज्यको राजस्व कोष समेत बलियो बनाउन सहयोग गर्दछ ।
हाल नेपालमा कुल जनसङख्याको झण्डै ३० प्रतिशत मानिसले सुर्तिजन्य पर्दाथको सेवन गर्ने भएकाले त्यसलाई घटाउन पनि करवृद्धि स्वभाविक छ । नेपालमा पनि सुर्तिजन्य पर्दाथमा बंगलादेशमा झै ७० प्रतिशत माथी पुर्याउन सके झनै राम्रो ।
विकसित देशहरुमा मिहिन ढंगले अनुसन्धान भएर सुर्तिजन्य पर्दाथको सेवन घटाउने प्रयास सुरु भएका देखिन्छन् । नेपाल जस्तो विपन्न देशले पनि यस्ता कुरामा विचार पुर्याउन जरुरी छ ।
विगत वर्षहरुमा सुतिजन्य पदार्थहरुमा अत्यन्तै झिनो मात्रामा कर बढाइयो । फलस्वरुप जनताको क्रय क्षमताले पनि धानिरहेको कारण यसको सेवन घटेन । तर यदी यसमा राम्रैसँग कर बढाइने हो भने सुर्तिजन्य पर्दाथको प्रयोगकर्ता घट्नेमा दुईमत छैन । अन्तराष्ट्रिय प्रयोगहरुले पनि त्यही देखाएको छ ।
राज्यले नागरिकलाई स्वस्थ बनाउने कुरामा जोडदिनु पर्छ । बजेट बनाउने कुरा होस् अथवा मन्त्रालय चलाउने कुरा होस् त्यो आखिर आम नागरिकका लागि हो । त्यसकारण जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्नु राज्यको कर्तब्य नै हो । जनता स्वस्थ रहे भने मुलुकको स्वस्थ्य हुने हो । अनि न मुलुकले आर्थिक लगायतका विविध क्षेत्रहरुमा प्रगती गर्ने हो । त्यसकारण सुर्तिजन्य पदार्थ मात्रै नभएर विषाक्क्त उत्पादन, मदीरा सबैको उपभोग घटाउने हिसावले सरकार अघि बढ्नुपर्छ । सिमित आसेपासे, व्यापारी वा कमिसनखोरलाई हित हुनेगरी होइन् । आम नागरिकलाई केन्द्रमा राखेर बजेटका करका दरहरु थपघट हुनुपर्छ ।
कतिपयले के पनि तर्क गर्न सक्लान् भने नेपालमा चरोट, सुर्तीमा कर बढाउँदा भारतबाट अवैध व्यापार बढ्न सक्छ् । तर त्यो तर्कमा कुनै दम छैन । किनकी भारतमै नेपालमा भन्दा बढी कर सुर्तीजन्य पर्दाथमा छ । त्यो उसले अझै बढाउँदै लगेको पनि छ । त्यस हिसावले पनि नेपालले निधक्क रुपमा चुरोट, सुर्तीजन्य पदार्थमा कर बढाउन बुद्धिमानी हुन्छ । बजेटको नीति कार्यक्रममै सुर्तिजन्य पदार्थको सेवन तथा व्यापारलाई निरुत्साहित पार्न विशेष कार्यक्रम समाहित गर्न जरुरी छ । जसले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष वा परोक्ष रुपमा दिर्घकालिन हिसावले सकारात्मक प्रभाव पार्दछ । जनस्वास्थ्य तथा मुलुकको अर्थतन्त्रमा विगत कयौं वर्षहरुबाट पर्दै आएको क्षतीलाई कम गराउन सहयोग गर्दछ ।
– रिसब गौतम (गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्