×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भागेर अमेरिका पुगेका एक भाइरोलोजिस्टको नयाँ खुलासा, चीनले कोरोना भाइरसको ढाकछोप गरेको दाबी !

PRIME CA

भागेर अमेरिका पुगेका एक भाइरोलोजिस्टको नयाँ खुलासा, चीनले कोरोना भाइरसको ढाकछोप गरेको दाबी !

अर्थ सरोकार

३० असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विश्वभर एक करोड २० लाखभन्दा बढी कोरोना संक्रमित पुगेका बेला हङकङबाट भागेर अमेरिका पुगेका एक भाइरोलिजिस्टले चीनले कोरोना भाइरस संक्रमणका विषयमा ढाकछोप गरिरहेको खुलासा गरेकी छन् । 
उनले कोरोना भाइरस संक्रमण सुरु हुनुअघि नै चीनलाई यस विषयमा राम्रोसँग जानकारी भएको उनले दाबी गरेकी छन् । यसलाई चीन सरकारले नै ढाकछोप गरेको उनले खुलासा गरेकी हुन् । शुक्रबार फक्सन्युजसँगको अन्तर्वार्ताका क्रममा भाइरोलोजी र इम्युनोलोजीमा विज्ञता हासिल गरेका लि-मेङ यानले चीनले विश्वलाई यसबारे सत्यतथ्य बताउनु पर्ने बताएकी छन् । हङकङ स्कुल अफ पब्लिक हेल्थमा अध्ययन गरेका यानले विश्व स्वास्थ्य संगठनलाई वुहानको प्रयोगशालामा अध्ययन गर्न अनुमति र पहुँच दिनुपर्ने बताइन् । 
उनले आफ्नो सुपरभाइजरलाई समेत यस विषयमा जानकारी भए पनि उनले अनुसन्धानलाई वास्ता नगरेको बताइन् । उनले भने, “मैले महामारीका विषयमा अनुसन्धान गरेर मानिसहरुको जीवन जोगाउन चाहन्छु ।” चीनले हङकङमा सुरक्षा कानुन लागु गरेसँगै प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्नसक्ने भएकोले आफू अमेरिका भागेको बताएकी छन् । 
चीनमा सन् २०१९ को डिसेम्बर अन्तिममा कोरोना भाइरस देखिएको बताइएको थियो । यस विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनको टोली चीन पुगिसकेको छ । -पब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: