×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनमा फेरि कोरोना संक्रमण देखियो, आपूर्तिमा ढिलाइ हुँदा सामनको मूल्य वृद्धि

PRIME CA

चीनमा फेरि कोरोना संक्रमण देखियो, आपूर्तिमा ढिलाइ हुँदा सामनको मूल्य वृद्धि

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

चीन । चीनमो लामो समयदेखि नदेखिएको कोरोना भाइरसको संक्रमण फेरि देखिन थालेको छ । चीनमा गत सातादेखि कोरोना भाइरसको संक्रमण देखिन थालेको हो । चीनमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि प्रतिबन्धात्मक व्यवस्था गर्न थालिएको छ । मानिसहरुलाई सहर नछोड्न चेतावनीसमेत दिन थालिएको छ । कोरोनाको कारण फेरि लकडाउनको अवस्था आउन नदिनका लागि अहिले नै सुरक्षाका मापदण्ड अपनाउन र मानिसहरुको आवतजावतमा नियन्त्रण गर्न थालिएको हो ।
चीनको गान्जाउ प्रान्तमा कोरोना भाइरस संक्रमितहरु फेला परेका हुन् । यस कारण विश्वको सबैभन्दा व्यस्त बन्दरगाह हाल बन्द गरिएको छ । जसका कारण सामन आपूर्तिका ढिलाइ हुनेसमेत जनाइएको छ । कोरोना यिनन्त्रणका लागि बन्दरगाह बन्द गर्नुपरेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । बन्रगाहका अधिकारीका अनुसार यान्तियन पोर्टमा सुरुमा पनि रिर्जभ गराउनुपर्ने बताइएको छ । यसरी आपूर्तिमा ढिलाइ हुँदा सामनको मूल्य वृद्धि हुने भएको छ ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारी डेढ वर्ष बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । कोरोना महामारीले स्वरुप परिवर्तन गर्दै नयाँ नयाँ भेरियन्टको रुपमा फैलिरहेको छ । विश्वभर कोरोना महामारीकै कारण लाखौं मानिसहरुको मृत्यु भइसकेको छ भने करोडौं मानिसहरु संक्रमित भइसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: