×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सौरभ ज्योतिको टिप्पणी, ‘बजेटले हाम्रा माग सम्बोधन गर्न सकेन, मौद्रिक नीतिले राहत देओस्…’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सौरभ ज्योतिको टिप्पणी, ‘बजेटले हाम्रा माग सम्बोधन गर्न सकेन, मौद्रिक नीतिले राहत देओस्…’ (भिडियो)

Artha Sarokar

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौं । आर्थिक वर्ष २०७७-०७८ को मौद्रिक नीति विस्तारित (एक्स्पान्सनरी) प्रकृतिको आउनुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । कर्जाको ब्याजदर घटाउने, कर्जाको पुर्नतालिकिकरण गर्ने र रिफाइनान्स गर्ने गरी विस्तारित प्रकृतिको मौद्रिक नीति आवस्यक रहेको उद्योगी व्यवसायीहरुले बताएका छन् । कोभिड–१९ को महामारीका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्न बजारमा तरलता प्रवाह बढाउन मौद्रिक नीतिमा आवस्यक प्रावधानहरु नेपाल राष्ट्र बैंकले समावेस गर्नेमा आफुहरु विश्वस्त रहेको उद्योगी व्यवसायीहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ बैंकिङ समितिका सभापति सौरभ ज्योतिले बजेटबाट उद्योगी व्यवसायीहलाई सम्बोधन हुन नसकेकाले मौद्रिक नीतिमार्फत रिलिफका प्याकेजहरु ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले थ्रि आर (रिड्युस, रिस्टक्चर र रिफाइनान्स)का आधारमा मौद्रिक नीति आउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘बजेटबाट हामीले केही कुराहरु रिलिफ प्याकेजेजहरु उद्योग व्यवसायीहरुलाई निजी क्षेत्रलाई सम्बोधन भएन् । त्यसैले हामीले मौद्रिक नीतिबाट तीनवटा कुरामा विशेष ध्यान दिइराखेका छौं । रिड्युस, रिस्टक्चर र रिफाइनान्स यो तीनवटा आरमा गएका छौं ।’ ब्याजको आधारदर घटाउने, सिआरआर घटाउने, एसएलआर घटाउने, स्प्रेड रेट घटाउने गरी मौद्रिक नीति आउनुपर्नेमा व्यवसायी ज्योतिले जोड दिनुभयो । उहाँले सिसिडी ८० प्रतिशतबाट ८५ प्रतिशत पुर्याउने, एसएलआर १० बाट ८ प्रतिशतमा ल्याउने र अपरेटिङ कस्टमा कमि गर्न सकेमा बेस रेट घट्न सक्ने र यसले कर्जाको ब्याजदर घट्न गई बजारमा तरलता बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘रिड्युसको कुरा गर्नुपर्दा हामीले जुन बेस रेट हो त्यसलाई कसरी घटाउन सकिन्छ । बेस रेट घटाउँदा क्याल्कुलेसनहरु उद्योग वाणिज्य महासंघले गरेर जस्तो सिआरआर रेसियो हामीले घटाउन सकिन्छ । सिसिडी ८० बाट ८५ गर्न सकिन्छ र सिआरआर घट्छ । त्यसले गरेर ब्याजदर घट्छ । सिआरआर ८० बाट ८५ गर्दा ३ प्रतिशत जति घट्छ । त्यसैगरी एसएलआर १० बाट ८ प्रतिशतमा ल्यायौं भने अर्को २ पोइन्ट र जेनरल्ली अपरेटिङ कस्टको चाहिं बेसरेटको कम्पोजिसन २५ प्रतिशत जति छ । यो सबै कुरा हामीले घटाउन सक्यौं भने बेस रेटमा १ प्रतिशत जति घटाउने सम्भावना देखेको हुनाले हामीले यो सिआरआर, सिसिडी, एसएलआरको पक्ष राखेर बेस रेट घटाउने एउटा कुरा छ । अर्को घटाउनेमा स्प्रेड रेटमा ३ प्रतिशत ल्याउनुपर्ने भनेर हाम्रो आग्रह छ । अहिले मुख्य भनेको उद्योग व्यवसायहरुलाई तरलता चाहिराखेको छ, क्यासफ्लो चाहिराखेको छ । त्यसैले वर्किङ क्यापिटल लो लेबल फण्ड कम ब्याजदरमा आयो भने हामीले अर्थतन्त्र चलायमान गर्न, बैंकको ब्याज तिर्न, राजश्व तिर्न सदुपयोग हुन्छ ।’

कोभिडको असर अर्थतन्त्रमा २-३ वर्ष सम्म पर्ने भएकाले कर्जाको पुर्नतालिकिकरण आवस्यक रहेको समेत ज्योतिले बताउनुभयो । उहाँले भन्नुभयो ‘रिस्टक्चरिङमा हामीले के भनेका छौं भने कोभिडको कारण विशेष परिस्थिति भएको हुनाले यो छिटो तीन महिनामा सल्टिने कुरा छैन् । त्यसैले यो क्वाटर क्वाटर नगरिकन लोन पेमेन्ट डिफल्ट नगरिकन जव हामीलाई थाहा छ यो दुई तीन वर्ष असर पर्छ लामो समयको रिस्टक्चरिङ गर्दा वर्गिकरण हेरेर कोभिडको कारणले असर परेको उद्योग व्यवसायीलाई प्रोभिजनिङ र एनपिएमा लग्न नपर्ने व्यवस्था गर्नुपर्छ । तर सबैलाई ब्लाङ्केटमा गर्नु पर्दैन । कुन कुन क्षेत्रमा प्रभाव परेको छ कम, मध्यम र उच्च गरेर वर्गिकरण गर्न सकिन्छ र रिस्टक्चरिङ गर्दा दुई देखि पाँच वर्ष सम्म कसरी गर्ने भनेर गर्न सकिन्छ । ’ यस्तै पुनरकर्जा पनि अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण हुने भएकाले सरकारले ल्याएको एक सय अर्बको कोषमा सबै उद्योगी व्यवसायीको पहुँच हुने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । पुनरकर्जा कोषको फाइदा लिने प्रक्रियालाई सरलिकरण गर्नुपर्ने ज्योतिले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘रिफाइनान्सिङको कुरा गर्दा यो एकदमै महत्वपूर्ण हो । रिफाइनान्सीङको सय अर्ब गरिएतापनि त्यसको प्रयोग गर्न र सदुपयोग गर्न प्रक्रिया एकदमै जटिल छ । त्यो जटिल प्रक्रियालाई सहज गर्नुपर्यो । सहजिकरण गर्नलाई विभिन्न सुझाव दिएको छ । एउटा त सहज गर्नलाई पाँच करोड सम्म बैंकले स्वीकृति गर्नसक्ने राष्ट्र बैंकसम्म जान नपर्ने । त्यो पनि सहज हुन्छ । अर्को त्यसको उपलब्ध ठूलो उद्योगलाई मात्र होइन सानो मझौला उद्योग देखि लिएर ठूला उद्योग सम्मलाई उपलब्ध गराउने र नोक्सान भएको अव कोभिडले गरेर व्यवसायहरु नोक्सानमा जाने स्वभाविकै हो । नोक्सान भएको पनि इलिजेबल हुनु पर्यो पुनरकर्जा कोषको प्रयोग गर्नलाई । जुन एउटा पोइन्ट तोकिएको छ जसमा चाहिं रिटर्न अन इक्युटि ३ वर्ष लगातार २० प्रतिशत भन्दा बढी हुनपर्ने त्यसलाई खारेज गर्नुपर्ने । त्यो नभएतापनि सदुपयोग गर्नुपर्ने भनेर हामीले राखेका छौं । ’ हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी