×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारत सरकारद्धारा कोभिड बिरुद्धको थप १६ करोड डोज खोप अर्डर

PRIME CA

भारत सरकारद्धारा कोभिड बिरुद्धको थप १६ करोड डोज खोप अर्डर

९ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

नयाँ दिल्ली । भारत सरकारले कोभिड-१९ बिरुद्धको १६ करोड डोज खोप अर्डर गरेको छ । कोरोना भाइरसको दोस्रो लहरको जारी रहेको बेला भारत सरकारले खोपमा जोड दिँदै थप १६ करोड डोज खोपहरु अर्डर गरेको बताएको छ । मे एक बाट खोप अभियान बृहत बनाएको भारत सरकारले थप अर्डर गरेका खोपहरु तीन महिना सम्म आपुर्ति हुने बताएको छ ।
भारत सरकाले सिरम इन्स्टीच्युट अफ ईन्डीयाद्धारा उत्पादीत कोभिसिल्ड खोप ११ करोड डोज र भारत बायोटेकद्धारा उत्पादीत कोभाक्सिन खोपको पाँच करोड डोज अर्डर गरेको बताएको छ । भारत सरकारले यसअघि अर्डर गरेको खोपहरुमध्ये कोभिशिल्डको एक करोड छब्बीस लाख डोज तथा कोभाक्सिनको एक करोड बाह्र लाख डोज खोपहरु आपुर्ति हुन बाँकी नै छ । सरकारले खोप अभियानलाई प्राथमिकता नदिएको भन्ने समचारहरु आईरहेको बेला एकै पटक १६ करोड डोज खोप अर्डर गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: