काठमाडौं – सिभिल बैंकले ललितपुर जिल्लाको नखिपोटमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले सिभिल बैंक लिमिटेडको नखिपोट शाखाको उद्घाटन गरेका थिए ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत Community Child Care Center लाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरीयो । सो ब्ल्याङ्केट सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा Community Child Care Center की अध्यक्ष श्रीमती बिष्णु थापालाई प्रदान गरियो ।
नखिपोट शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री देव कुमार ढकालले नखिपोटमा शाखा स्थापना संगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल बाताबरणलाई प्रोहत्साहन हुने बताए । देशभरी समग्र बैंकिंग प्रणाली मार्फत हालसम्म करिब ३५ खर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी करिब.३१ भन्दा रुपैयाँबढी खर्ब कर्जा लगानी गरिएको पनि उनले बताए ।
उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक नखिपोट शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए।
उक्त समारोहका सभापति तथा सिभिल बैंकका तथा कार्यक्रमका सभापति अध्यक्ष ई. ईच्छा राज तामाङ्गले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।
उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका संचालकहरु लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
सिभिल बैंकको हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव रु. ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५२ अर्व कर्जा लगानी गरेकोे पनि बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्