×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुलीको खाल्टेमा सिटिजन्स बैंकको १०१औँ शाखारहित बैंकिङ्ग सेवा विस्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिन्धुलीको खाल्टेमा सिटिजन्स बैंकको १०१औँ शाखारहित बैंकिङ्ग सेवा विस्तार

३० भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका खाल्टेमा भदौ २७ गतेबाट १०१औँ शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी किर्तिमान नेपालीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । उक्त सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति विश्वास एवम् बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
सोहि अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको शिक्षाजगतमा टेवा पुर्याउने उद्देश्यले अमारे माध्यमिक विद्यालयलाई ४ थान कप्युटर प्रदान गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी