काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको विस्तारित काउण्टर स्थापना गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा स्थापना हुने बैंकको काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्ने छन् ।
नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै एनआईसी एशिया बैंकले विभिन्न भन्सार कार्यालयहरु, आन्तरिक राजश्व कार्यालयहरु लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
यसै क्रममा उक्त विस्तारित काउण्टर खोल्ने सम्झौता भएको हो । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका तर्फबाट विभागका महानिर्देशक रामेश्वर दंगालले हस्ताक्षर गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्