काठमाडौँ – मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा बनाएको वातारणमैत्री हरित गार्डेन आज हस्तान्तरण गरेको छ । यसका साथै बैंकले १००० थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत सामुदायिक शाखालाई हस्तान्तरण गरेको छ ।
उक्त गार्डेन तथा पकेट डायरी बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमार्डौ महानगरपालिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्र नाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
यस हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र टुुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपाने लगायत स्थानीय नागरीक, समाजसेवी, वुद्धिजीवि तथा प्रहरी वृत्तका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुले सामाजिक कार्यमा बैंकको सहभागीता उदारणीय रहेको भन्दै आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भनि शुभकामना व्यक्त गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्