×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तद्धारा बीमा रकम हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निर्धन उत्थान लघुवित्तद्धारा बीमा रकम हस्तान्तरण

१९ श्रावण २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको धरानस्थित पाँचकन्या शाखाले मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । लालिगुँरास चोकमा गठन भएको लालिगुराँस महिला स्वावलम्बी समुहकी सदस्य संचमाया तामाङलाई श्रीमान अम्बर बहादुर तामाङको मृत्यू बापतको रकम प्रदान गरिएको हो । पाँचकन्या शाखाका प्रमुख टिकाराम गिरीले तामाङलाई क्षतिपूर्ति बापतको १४ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
संस्थाका अनूसार समुहका सदस्यले कर्जा लिए बापत सदस्यको कालगतीमा मृत्यू भए बापत १३० प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २०० प्रतिशत क्षतिपूर्ति रकम पाउँछन् । त्यस्तै, सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार रुपैयाँ दिने व्यवस्था रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी