काठमाडौँ – नेपाल बंगलादेश बैंकले नयाँबानेश्वर, काठमाडौँस्थित रत्न पुस्तकालयलाई १२ हजार १७८ रुपैयाँ बराबरका विभिन्न साहित्यिक किताबहरु लगायत सोही पुस्तकालयद्वारा सञ्चालित देवकोटा कोषका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
सो रकम तथा किताबहरु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले पुस्तकालयका अध्यक्ष शशीबिक्रम राणालाई हस्तान्तरण गरेका हुन् ।