×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक र एभरेष्ट अस्पतालबीच सम्झौता, बैंकका कार्डवाहक ग्राहकलाई स्वास्थ्य सेवामा १०%सम्म छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंक र एभरेष्ट अस्पतालबीच सम्झौता, बैंकका कार्डवाहक ग्राहकलाई स्वास्थ्य सेवामा १०%सम्म छुट

Artha Sarokar

६ जेष्ठ २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एनआईसी एशिया बैंकका डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले काठमाडौँको एभरेष्ट अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने चएका छन् । बैंक र अस्पतालबीच यस सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता अनुसार, एनआईसी एशिया बैंकको ग्राहकले एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा पाँचदेखि १० प्रतिशतसम्म छुट पाउनेछन् । हाल बैंकको ग्राहक संख्या करिब १६ लाख रहेको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी