काठमाडौँ – के.एल. दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रा.लि.ले ललितपुर, लेले स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । हरेक बालबालिकाले व्यवस्थित रुपमा शिक्षा प्राप्त गर्नु उनीहरुको अधिकारको विषय हो र यो किसिमको सामाजिक सहयोगले उनीहरुको शैक्षिक स्तरमा टेवा पु¥याउने यूनाइटेड सिमेन्ट्सको धेय रहेको छ ।
२०७६ बैशाख २० गतेका दिन गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरिय प्रहरी प्रभाग चापागाउ“का प्रमुख राजकुमार खिउजु, यूनाइटेड सिमेन्ट्स प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत माधव राज तिमिल्सिना, प्रबन्धक हरी कुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महत लगायतका स्थानीय अभिभावकको उपस्थितिमा सो विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
यूनाइटेड सिमेन्ट्सको यो सहयोग अति स्वागत योग्य रहेको विद्यालय प्रशासनले जनाएको छ । समाजमा रहेर उद्योग धन्दा सञ्चालन गरेपछि यहि समाजको हितका लागि विभिन्न कार्य गर्नै पर्दछ भन्ने अवधारणा बोकेर अघि बढेको यूनाइटेड सिमेन्ट्सले विगतमा पनि यस्ता सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका खानी प्रबन्धक हरी कुमार उप्रेतीले बताए ।
अघिल्लो महिनामा मात्रै यूनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकामा निःशुल्क स्वास्थ शिविर आयाृजना गरेको थियो । त्यसैले शिक्षा, स्वास्थ, खानेपानी जस्ता आधारभूत कुराहरुमा कुनै पनि सम्झौता नगरि यूनाइटेडले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यको निरन्तरता दिइरहने प्रतिबद्घता व्यक्त गरेको छ ।





Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्