×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंक र म्याक्स हेल्थकेयर ईन्स्टिच्युटबीच सम्झौता, बैंकका ग्राहकले उपचार खर्चमा ५ प्रतिशतसम्म छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा बैंक र म्याक्स हेल्थकेयर ईन्स्टिच्युटबीच सम्झौता, बैंकका ग्राहकले उपचार खर्चमा ५ प्रतिशतसम्म छुट पाउने

Artha Sarokar

३ बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सानिमा बैंक लिमिटेड र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग, बिक्रम श्रेष्ठ र म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेडका तर्फबाट सेल्स तथा मार्केटिङ्गका उप-प्रबन्धक सुरज जोसेफले हस्ताक्षर गरेका हुन् ।
म्याक्स हेल्थकेयर ईन्स्टिच्युट लिमिटेड, भारतको दिल्लीमा अवस्थित स्वास्थ्य उपचारसम्बन्धि सेवा दिने चेन संस्था हो । हाल, यस संस्थाको १४ वटा साझेदार अस्पतालहरु छन् ।
उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयर ईन्स्टिच्युटमा साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्ने छन् । साथै सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशत सम्म छुट पाउन सक्ने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी