काठमाडौं – सोलुखुम्बुको लुक्लास्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा सिद्धार्थ बैंकको नयाँ शाखा सञ्चालन भएको छ । सगरमाथाको आरोेहण गर्न आउने पर्यटकहरूको घुइँचो रहने हुनाले सिद्धार्थ बैंकले सर्वसुलभ रूपमा देश तथा विदेशका पर्यटकहरू तथा उक्त क्षेत्रका सर्वसाधारण लगायत उद्यमीे माझ सबै प्रकारका बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो ।
त्यस्तै बैंकको एटिएम र पिओएस् मा मास्टरकार्ड र भिसा कार्डहरुबाट सजिलै कारोबार गर्न सकने बैंकले जनाएको छ । साथै बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाताखोल्न सकिने सुविधा ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १,२०० भन्दा बढी लाई प्रदान गर्दै आएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्