×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाईफ इन्स्योरेन्सको कारोबार माघ २७ देखि सुरु हुँदै, यस्ता छन् बीमा योजना

PRIME CA

महालक्ष्मी लाईफ इन्स्योरेन्सको कारोबार माघ २७ देखि सुरु हुँदै, यस्ता छन् बीमा योजना

२५ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपालको सबैभन्दा कान्छो तथा १९ औं जीवन बीमा कम्पनीको रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले माघ २७ गते वसन्त पञ्चमीको दिनबाट आधिकारीक रुपमा कारोबार संचालन गर्ने भएको छ ।
कारोबार शुभारम्भसँगै कम्पनीले बीमा समितिबाट स्वीकृति लिए अनुरुप महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी तीन किसिमको बीमा योजना सार्वजनिक गरेको छ । 
महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्ति पछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ । दोश्रो लगानी फिर्ता म्यादी बीमा योजनामा बीमाशुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्ति पछि जम्मा गरेको बीमाशुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी हुने कम्पनीले जनाएको छ ।
तेस्रो महालक्ष्मी सावधिक बीमा योजना अन्तर्गत न्युनतम बीमाशुल्कमा सुरक्षा पनि पाइने, बचत पनि हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने छ । उपरोक्त तीनवटा बीमा योजना मध्ये महालक्ष्मी डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना नेपालमा पहिलो पटक सार्वजनिक भएको एकदमै नौला बीमा योजना हुन् । 
कम्पनीले माघ भित्र काठमाडौं, वीरगंज, पोखराबाट कारोवार गर्दैछ भने इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो साता भित्र कारोबार संचालनको तैयारीमा छ । कार्यालय सजावट सकिए लगत्तै प्रधान कार्यालय र सातै प्रदेशमा कार्यालयहरु एकैपटक औपचारिक समुद्घाटनको तैयारी भइरहेको छ । 
कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालयको स्वीकृति लिए अनुसार फागुुन भित्र बाँकी विर्तामोड, इटहरी, लहान, नारायणगढ, बुटवल, दाङ्ग, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमा शाखा कार्यालय खोलिसक्ने योेजना रहेको छ । २०७६ आषाढ भित्र मध्य पहाडी क्षेत्रका १२ वटा र काठमाण्डौं उपत्यका भित्र थप १० वटा समेत कूल ३५ वटा शाखा कार्यालय सञ्चालन गर्ने कम्पनीको योजना छ ।
कम्पनीकोे चुक्ता पूँजी २ सय करोड रहेको छ । संस्थापकहरुबाट १ सय ४० करोड चुक्ता भइसकेको छ भने ६० करोड सर्वसाधारणको लागि छुट्याइएको छ । कम्पनीले सञ्चालक समितिकाउ अध्यक्षमा मनोरञ्जन रमण शर्मालाई चयन गरेको छ ।
त्यसैगरी सञ्चालकहरुमा उमेश लाल श्रेष्ठ, मोहन राज जोशी र सुरेश सापकोटा चयन भएका छन् । यस कम्पनीकोे कारोबारको पूनर्बीमा विश्वकै अग्रणी म्युनिख री र अनिवार्य पूनर्बीमा नेपाल री सँग रहने कम्पनीले बताएको छ ।
कम्पनीले आगामी आषाढ मसान्त सम्म ५ महिनामा करीब ५० करोड बीमाशुल्क संकलन गर्ने लक्ष्य लिएर सम्पूर्ण कार्यक्रम सञ्चालन गरिरहेको छ । कम्पनी सञ्चालन भएको २ वर्ष भित्र १० वटा नयाँ बीमा कम्पनीहरु मध्ये पहिलो हुने र आगामी ५ वर्ष भित्र सम्पूर्ण जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनी बन्ने कम्मनीको दावी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: