काठमाडौँ – कृषि विकास बैंकले ओखलढुंङगा जिल्ला चम्पादेवी गा.वि.समा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त नयाँ शाखा कार्यलयको उदघाटन संघिय सांसद यज्ञराज सुनुवार र कृषि विकास बैंकका उपमहाप्रबन्धक पूर्ण प्रसाद आचार्यले संयूक्त रुपमा गरे ।
कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी गराउनुका साथै बैंक हजुरहरुको जिम्मामा सुम्पिएको छौ यसको लालन पोषण गर्ने जिम्मा स्थानीय जनप्रतिनिधी र आम स्थानीयबासी रहेको हुंदा स्थानीय जनताको सहयोग निरन्तर भएमा बैंकले भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ सेवा उपलव्ध गराउने विषयमा बैंकका उपमहाप्रबन्धक पूर्ण प्रसाद आचार्यले प्रकाश पारे ।
कार्यक्रमका संघिय सांसद यज्ञराज सुनुवारले विकासको मुख्य साधन सरकारी संस्थाहरु भएको सन्र्दभमा कृषि विकास बैंक पनि एक सरकारी बैंक भएकोले सम्पूर्ण स्थानीय जनताहरुले सानो भन्दा सानो रकम कृषि विकास बैंकमा निक्षेपको रुपमा जम्मा गर्नु पर्दछ । यसरी जम्मा भएको रकम उद्यम गर्ने स्थानीय जनतालाई नियमानुसार बैकले वित्तीय सहयोग उपलव्ध गराउने भएकोले सम्पूर्ण उपस्थित स्थानीय जनसमुदायलाई बैंकमा खाता खोल्न आग्रह गरे ।
नयाँ शाखा उदघाटन कार्यक्रममा कृषि विकास बैंक क्षेत्रिय कार्यालय राजविराजका निर्देशक चेतनाथ सापकोटाले बैंकले अबका दिनमा चम्पादेवी बासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा, बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा प्रकाश पारे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्