काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल र भारतको एक्सिस बैंक विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् भारतमा रहेका नेपालीहरुले आफन्तलाई भारतको एक्सिस बैंक मार्फत पठाएको पैसा सहज रुपमा सिटिजन्स बैंकको देशभर रहेका ८१ वटा शाखाहरु बाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन् ।
बैंकले हाल कतारको दोहा बैंक, यू.के को क्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड, यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जमार्फत आएको विपे्रषणको पनि भुक्तानि दिइरहेको छ । नेपालका विभिन्न रेमिट्यान्स कम्पनीहरु वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, जि. एम. इ. रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस ,आईपे रिलायबल ,बुम रेमिट, ओभरसिज रेमिट, सिजि मनि र मुक्तिनाथ रेमिट बाट आएको विपे्रषणको भुक्तानी गर्दै आइरहेको छ ।
बैंकले आफ्नो ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । बैंकले सात वटै प्रदेशामा प्रादेशिक कार्यलयको स्थापना गरीसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्