काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले तीन नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा न ६ स्थित बौद्ध, जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा ४ गौरीखाली स्थित जाजरकोट र रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका वडा न ६ स्थित रुकुमकोटमा नयाँ शाखा विस्तार गरेको हो ।
साथै, बैंकले ग्राहकमैत्री सेवा र ब्यवहारलाई प्राथमिकतामा राख्दै आकर्षक भौतिक पूर्वाधार, चुस्त तथा सहज सेवा र आधुनिक इलेक्ट्रोनिक उपकरणहरुको अधिकतम प्रयोग गर्ने उद्देश्यले आगामी माघ १० गते बैंकको ५४औं बार्षिक अवसरमा शुभारम्भ गरिने छ ।
पहिलो चरणमा बैंकका तीनवटा शाखा कार्यालय नक्साल, पुल्चोक र हेटौंडालाई स्मार्ट ब्रान्चको रुपमा राखिने छ भने विस्तारै बैंकका सम्पूर्ण शाखाहरुलाई चरणगत रुपमा स्मार्ट ब्रान्चको रुपमा विकास गर्दै लैजाने बैंकले जनाएको छ ।
स्मार्ट ब्रान्चबाट शाखा अख्तियारी भित्रका ३० लाख रुपैंया सम्मका ब्यवसाय कर्जा, २५ लाख रुपैंया सम्मको घर कर्जा, २० लाख रुपैंया सम्मको गाडी कर्जाहरु सबै कागजात प्राप्त भएको सात कार्यदिन भित्र लगानी गरिने छ ।
हाल बैंकले मुलुकभर २१५ वटा शाखा कार्यलय मार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ । बैंकले गत पुसमसान्त भित्रमा सातवटै प्रदेशमा प्रदेश कार्यालय/सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्